समाचार
जिवित संगको नाता प्रमाणित
सेवा प्रकार:
लाग्ने समय:
सोहि दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष, वडा सदस्य,वडा सचिव/सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
२००/-
आवश्यक कागजातहरु:
१) निवेदन तथा नागरिकताको प्रमाण-पत्रको प्रतिलिपि
२) नाता खुल्ने प्रमाण-पत्रको प्रतिलिपि
३) सर्जमिन गरी बुझुनु पर्ने भएमा साक्षी बस्ने ७ जनाको नागरिकताको प्रमाण-पत्रको प्रतिलिपि
४) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद
५) नाता प्रमाणित गर्नु पर्ने व्यक्तिहरुको २ प्रति पासपोर्ट साइजको फोटो
प्रक्रिया:
१) निवेदन सहित आवश्यक तोकिएका कागजात पेश गर्ने
२) वडा अध्यक्ष/ वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३) निवेदन दर्ता गर्ने
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
५) निवेदकले तोकिएको शुल्क बुझाउने
६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने