FAQs Complain Problems

समाचार

शैलुङ डाँडाको हरियाली

Read More

शैलुङ डाँडा हिउँ परेको समयमा

Read More

शुभकामना

Read More

संक्षिप्त परिचय

१२८.६७ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएका शैलुङ गाउँपालिका दोलखा जिल्लाको एक ऐतिहासिक, धार्मिक, साँस्कृतिक र पर्यटकिय महत्व बोकेको गाउँपालिका हो । बौद्ध, हिन्दु, क्रिश्चियन र बोन धर्मवालम्बीहरुको आस्थाका केन्द्रको रुपमा परिचित शैलुङ पर्वतको नामबाट गाउँपालिकाको नामाकरण भएको हो । शैलुङ सम्बन्धि स्थानीयहरु माझ विभिन्न किवदन्तीहरु प्रचलनमा रहेका छन् । प्रथम बुद्ध साङ्गे माह्मोर्चेले ज्ञान दिएको हुनाले पहिले यस पर्वतलाई साङ्गेलुङ भनिन्थ्यो  । पछि अपभ्रश हुँदै शैलुङ रहन गयो । 

Pages

जन प्रतिनिधि

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत

सेवाहरु

सेवा प्रकारः- उल्लेखित बाहेक अन्य स्थानीय आवश्यकता अनुसारका सिफारिस/प्रमाणितहरु
सेवा समयः- सोहि दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष, वडा सदस्य,वडा सचिव/सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १००/-
आवश्यक कागजातहरुः-

१) नागरिकता प्रमाण-पत्रको प्रतिलिपि र निवेदन
२) विषय संग सम्बन्धित प्रमाण कागजात
३) चालु आ.व सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

सेवा प्रकारः- व्यवसाय नवीकरण
सेवा समयः- सोहि दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष, वडा सदस्य,वडा सचिव/सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- वार्षिक कारोवारको आधारमा १ %
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र
२) नागरिकता प्रमाण-पत्रको प्रमाणित प्रतिलिपि
३) स्थानीय तहबाट दर्ता भएको व्यवसाय दर्ता प्रमाण-पत्रको प्रमाणित प्रतिलिपि
४) बहाल सम्झौताको प्रतिलिपि
५) आफ्नै घर टहरा भए चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद

सेवा प्रकारः- नयाँ व्यवसाय दर्ता
सेवा समयः- सोहि दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष, वडा सदस्य,वडा सचिव/सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १०००/-
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र २) नागरिकता प्रमाण-पत्रको प्रतिलिपि ३) विदेशीको हकमा राहदानीको प्रमाणित प्रतिलिपि वा सम्बन्धित दूतावासको निजको परिचय खुल्ने सिफारिस ४) ३ प्रति फोटो ५) घर बहाल सम्झौता ६) आफ्नै घर टहरा भए चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर तिरेको ७) स्थानीय तहको नाममा दर्ता नगरी प्यान वा अन्य निकायमा दर्ता गरी व्यवसाय दर्ता गरेको हकमा प्यान दर्ता वा अन्य निकायबाट जारी गरेको व्यवसाय प्रमाण-पत्रको प्रमाणित प्रतिलिपि ८)  सम्बन्धित वडाकाे  सिफारिस ९) व्यवसायीकाे  लाल पुर्जाकाे प्रतिलिपी नभएमा परिवारकाे नाममा रहेकाे लालपूर्जाकाे प्रतिलिपी सहित मन्जुरी नामा १०) कार्ययाेजना  विवरण 

सेवा प्रकारः- विवाह दर्ता
सेवा समयः- सोहि दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष, वडा सदस्य,वडा सचिव/सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ० /-
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र
२) दुलाहा र दुलहीको नागरिकताको प्रमाण-पत्रको प्रतिलिपि
३) दुलहीको नागरिकता नभएमा बाबु वा दाजु भाइको नागरिकताको प्रमाण-पत्रको प्रतिलिपि
४) चालु आ.व सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद

सेवा प्रकारः- सम्बन्ध विच्छेद दर्ता
सेवा समयः- सोहि दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष, वडा सदस्य,वडा सचिव/सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ० /-
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र
२) अदालतबाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपि
३) पति पत्नीको नागरिकताको प्रतिलिपि एक एक प्रति
४) केटाको स्थायी ठेगाना सम्बन्धित वादको हुनु पर्ने

जानकारी