FAQs Complain Problems

अङ्गीकृत नागरिकता सिफारिस

लाग्ने समय: 
सोहि दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष, वडा सदस्य,वडा सचिव/सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३००/-
आवश्यक कागजातहरु: 

१) निवेदन पत्र र अङ्गीकृत नागरिकता प्राप्त गर्न खोजेको स्पष्ट आधार
२) साविक मुलुकको नागरिकता परित्याग गरेको वा परित्याग गर्न कारवाही चलाएको पुष्टि गर्ने कागजातहरु
३) नेपालमा १५ वर्ष देखि कुनै व्यवसाय वा काम गरी बसेको प्रमाण-पत्रको प्रतिलिपि
४) वैवाहिक अङ्गीकृत नागरिकताका लागि विबाह दर्ता प्रमाण-पत्रको प्रतिलिपि र सम्बन्धित देशको आधिकारिक प्रमाण पत्र
५) नेपाली भाषा बोल्न र लेख्न जान्ने प्रमाण कागजातहरु
६) पासपोर्ट साइजको फोटो ३ प्रति
७) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद
८) सर्जमिन मुचुल्का

प्रक्रिया: 

१) निवेदन सहित तोकिएको कागजात पेश गर्ने
२) वडा अध्यक्ष/ वडा सदस्य/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३) निवेदन दर्ता गर्ने
४)तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
५) निवेदकले तोकिएको शुल्क बुझाउने
६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
७) अनुसूची ८ को ढाँचामा नागरिकता सिफारिसको अभिलेख राख्ने

जनमत

तपाईलाई हाम्रो सेवा कस्तो लाग्यो ?