FAQs Complain Problems

आन्तरिक बसाइँसराई सिफारिस

लाग्ने समय: 
सोहि दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष, वडा सदस्य,वडा सचिव/सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
१००/-
आवश्यक कागजातहरु: 

१) नागरिकता प्रमाण-पत्रको प्रतिलिपि र निवेदन पत्र
२) सरि जाने व्यक्तिहरुको नागरिकताको प्रमाण-पत्रको प्रमाणित प्रतिलिपि र नागरिकता प्रमाण-पत्र नभएको हकमा विवाह दर्ता वा जन्म दर्ता वा उमेर खुलेको निस्साको प्रमाणित प्रतिलिपि
३) जग्गा धनि प्रमाण-पुर्जाको प्रतिलिपि/ घर वा जग्गा नभएकाको हकमा व्यवसाय वा बसाइँ खुल्ने प्रमाणित कागजात
४) घर जग्गा भएकाको हकमा घर भए चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
५) घर जग्गा नभएकाको हकमा सम्बन्धित घर धनि संग गरेको घर बहालको सम्झौता

प्रक्रिया: 

१) निवेदन सहित आवश्यक तोकिएका कागजात पेश गर्ने
२) वडा अध्यक्ष/ वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३) निवेदन दर्ता गर्ने
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
५) निवेदकले तोकिएको शुल्क बुझाउने
६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने

जनमत

तपाईलाई हाम्रो सेवा कस्तो लाग्यो ?