FAQs Complain Problems

जग्गा दर्ता सिफारिस

लाग्ने समय: 
सोहि दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष, वडा सदस्य,वडा सचिव/सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
१००/-
आवश्यक कागजातहरु: 

१) निवेदन
२) नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
३) चालु आ.व सम्मको मालपोत र घर भए घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
४) साविक लगत प्रमाणित प्रतिलिपि
५) फिल्ड बुक उतार
६) स्थलगत निरिक्षण प्रतिवेदन
७ ) जग्गाको नापी नक्सा
८) जग्गा संग सम्बन्धित अन्य प्रमाण कागजातहरु
९) स्थानीय सर्जमिन मुचुल्का

प्रक्रिया: 

१) निवेदन सहित आवश्यक तोकिएका कागजात पेश गर्ने
२) वडा अध्यक्ष/ वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३) निवेदन दर्ता गर्ने
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
५) निवेदकले तोकिएको शुल्क बुझाउने
६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने

जनमत

तपाईलाई हाम्रो सेवा कस्तो लाग्यो ?