FAQs Complain Problems

नागरिकता र प्रतिलिपि सिफारिस

लाग्ने समय: 
सोहि दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष, वडा सदस्य,वडा सचिव/सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
२००/-
आवश्यक कागजातहरु: 

१) निवेदन पत्र र आमा र बुबाको नागरिकता प्रमाण-पत्रको प्रतिलिपि
२) जन्म दर्ता प्रमाण-पत्रको प्रतिलिपि
३) विवाहित महिलाको हकमा पति र आमा बुबाको नागरिकता प्रमाण-पत्रको प्रतिलिपि
४) चारित्रिक प्रमाण-पत्रको प्रतिलिपि(विद्यार्थीको हकमा)
५) विवाह दर्ता प्रमाण-पत्रको प्रतिलिपि(विवाहितको हकमा)
६) बसाइँ सरी आएको हकमा बसाइँसराइ प्रमाण-पत्रको प्रतिलिपि
७) दुवै कान देखिने पासपोर्ट साइजको फोटो २ प्रति
८) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
९) कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस
१०) प्रतिलिपि नागरिकताको हकमा पुरानो नागरिकताको प्रतिलिपि

प्रक्रिया: 

१) निवेदन सहित तोकिएको कागजात पेश गर्ने
२) वडा अध्यक्ष/ वडा सदस्य/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३) निवेदन दर्ता गर्ने
४)तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
५) निवेदकले तोकिएको शुल्क बुझाउने
६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
७) तोकिएको ढाँचामा नागरिकता सिफारिसको अभिलेख राख्ने

जनमत

तपाईलाई हाम्रो सेवा कस्तो लाग्यो ?