FAQs Complain Problems

समाचार

नेपाल सरकारको नाममा बाटो कायम भएको सिफारिस

लाग्ने समय: 
सोहि दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष, वडा सदस्य,वडा सचिव/सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
२००/-
आवश्यक कागजातहरु: 

१) निवेदन
२) जग्गा धनि प्रमाण-पत्रको प्रतिलिपि
३) नापी नक्सा
४) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद
५) जग्गा धनीको स्वीकृतिको सनाखत गर्नु पर्ने
६) जग्गा धनीले सनाखत गरेको कागजात

प्रक्रिया: 

१) निवेदन सहित आवश्यक तोकिएका कागजात पेश गर्ने
२) वडा अध्यक्ष/ वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३) निवेदन दर्ता गर्ने
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
५) निवेदकले तोकिएको शुल्क बुझाउने
६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने

जनमत

तपाईलाई हाम्रो सेवा कस्तो लाग्यो ?