FAQs Complain Problems

मृतक संगको नाता प्रमाणित

लाग्ने समय: 
सोहि दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष, वडा सदस्य,वडा सचिव/सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
१००/-
आवश्यक कागजातहरु: 

१) निवेदन तथा नाता खुल्ने प्रमाण-पत्रको प्रतिलिपि
२) हकदारहरुको नागरिकता प्रमाण-पत्रको प्रतिलिपि
३) मृत्यू दर्ता प्रमाण-पत्रको प्रतिलिपि
४) मृतकको नागरिकता प्रमाण-पत्रको प्रतिलिपि
५) हकवाला नावालक भए जन्म दर्ता प्रमाण-पत्रको प्रतिलिपि
६) बसाइँसराई गरेको हकमा बसाइँसराई प्रमाण-पत्रको प्रतिलिपि
७) हकदारहरुको पासपोर्ट साइजको फोटो ४ प्रति
८) स्थानीय सर्जमिन मुचुल्का
९) आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिन मुचुल्का

प्रक्रिया: 

१) निवेदन सहित आवश्यक तोकिएका कागजात पेश गर्ने
२) वडा अध्यक्ष/ वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३) निवेदन दर्ता गर्ने
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
५) निवेदकले तोकिएको शुल्क बुझाउने
६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
७)आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिन मुचुल्का माग गर्ने

जनमत

तपाईलाई हाम्रो सेवा कस्तो लाग्यो ?