FAQs Complain Problems

विद्यालय ठाउँ सारी सिफारिस

लाग्ने समय: 
सोहि दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष, वडा सदस्य,वडा सचिव/सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
५००/-
आवश्यक कागजातहरु: 

१) विद्यालय ठाउँ सारीको लागि निवेदन
२) विद्यालय दर्ता प्रमाण-पत्रको प्रतिलिपि
३) स्थानीय तहको नामको नवीकरण सहितको व्यवसाय दर्ता प्रमाण पत्र
४) (सरकारी एवं सामुदायिक विद्यालय बाहेक अन्यमा ) चालु आ.व. सम्मको सरि जाने ठाउँ र हालको ठाउँ दुबैको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद
५) बहालमा भए सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको रसिद/ नतिरेको भए तिर्नु बुझाउनु पर्ने
६) स्थायी लेखा नं. प्रमाण-पत्रको प्रतिलिपि
७) निरीक्षण प्रतिवेदन
८) सरि जाने ठाउँको वडा कार्यालयको अनुमतिपत्र

प्रक्रिया: 

१) निवेदन सहित आवश्यक तोकिएका कागजात पेश गर्ने
२) वडा अध्यक्ष/ वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३) निवेदन दर्ता गर्ने
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
५) निवेदकले तोकिएको शुल्क बुझाउने
६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने

जनमत

तपाईलाई हाम्रो सेवा कस्तो लाग्यो ?