समाचार
विवाह प्रमाणित
सेवा प्रकार:
लाग्ने समय:
सोहि दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष, वडा सदस्य,वडा सचिव/सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
५०/-
आवश्यक कागजातहरु:
१) दुलहा दुलहीको नागरिकता प्रमाण-पत्रको प्रतिलिपि
२) बसाइँ सरि आएकाको हकमा बसाइँसराई दर्ता प्रमाण-पत्रको प्रतिलिपि
३) दुलहा दुलही दुवै उपस्थित भइ सनाखत गर्नु पर्ने
४) चालु आ.व सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
५) वि.स. २०३४ पछिको हकमा विवाह दर्ता प्रमाण-पत्रको प्रतिलिपि
प्रक्रिया:
१) निवेदन सहित आवश्यक तोकिएका कागजात पेश गर्ने
२) वडा अध्यक्ष/ वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३) निवेदन दर्ता गर्ने
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
५) निवेदकले तोकिएको शुल्क बुझाउने
६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने