FAQs Complain Problems

शैलुङ गाउँपालिकाको मोबाइल एप संचालन

शैलुङ गाउँपालिकाले सूचना प्रविधि क्षेत्रमा नयाँ फड्को मारेको छ । शैलुङ गाउँपालिकाको सुचना तथा जानकारी जनमासमा छिटो छरितो गरि पुगोस भन्ने उद्देश्यले गाउँपालिकाले मोबाइल एपको विस्तार गरेको छ । भर्खरै लन्च गरिएको मोबाइल एपमा हाम्रो बारेमा, गाउँपालिकाबाट दिने सेवाहरु, कार्यक्रम तथा परियोजना, सूचना तथा जानकारी, सुझाब तथा गुनासो, समस्या दर्ता, वडागत विवरण, महत्वपूर्ण स्थानहरु, आपतकालिन नम्बरहरु, सम्पर्क विवरण, प्राय सोधिने प्रश्नहरु, जनमत र ऐन कानुन जस्ता फिचर्सहरु राखिएको छ । मोबाइल एप डाउनलोड गर्न https://play.google.com/store/apps/details?id=infodev.doit_shailung&hl=en  लिंकमा जानु पर्ने छ । अथवा मोबाइलको प्ले स्टोर(Play Store) मा गएर Shailung Rural Municipality सर्च गरेर डाउनलोड गर्न सकिनेछ । हाललाई मोबाइल एप Android फोन प्रयोग कर्ताहरुको लागि मात्र उपलब्ध छ । एपमा उल्लेखित फिचर्सहरुको बारेमा विस्तृत जानकारी तल उल्लेख गरिएको छ ।

हाम्रो बारेमा 

यसमा शैलुङ गाउँपालिकाको संछिप्त परिचयका साथै जनप्रतिनिधि र कर्मचारीहरुको सम्पर्क विवरण राखिएको छ ।

सेवाहरु

सेवाहरु भित्र गाउँपालिका र वडा कार्यालयले जनमासमा दिने सेवाहरु तथा सेवा दिन लाग्ने समय र सेवा दिने अधिकारी को हुनेछ भन्ने जानकारी दिनेछ ।

कार्यक्रम तथा परियोजना

कार्यक्रम तथा परियोजना भित्र शैलुङ गाउँपालिकाको बजेट तथा कार्यकर्म र योजना तथा परियोजनाको विवरण उल्लेख गरिएको छ ।

सूचना तथा जानकारी  

सूचना तथा जानकारी भित्र शैलुङ गाउँपालिकाले प्रकाशन गरेको सम्पूर्ण सुचनाहरु हेर्न सकिने छ ।

सुझाब तथा गुनासो 

यस फिचर्सबाट जो कोहिले गाउँपालिकालाई  सल्ला सुझाब, गुनासो र सिधै प्रश्नहरु गर्न सक्नुहुनेछ ।

समस्या दर्ता

यस फिचर्सबाट तपाइँहरुको गाउँ घरमा भोग्नु परेको समस्याहरु गाउँपालिकामा राख्न सक्नु हुनेछ ।

वडा विवरण

यस फिचर्सको माध्यमबाट शैलुङ गाउँपालिकाको ८ वटै वडा कार्यालयको र वडा कर्मचारीहरुको विवरण हेर्न सक्नु हुनेछ ।

महत्वपूर्ण स्थानहरु

यस भित्र गाउँपालिका भित्र रहेका होटेल, विद्यालय, स्वास्थ्य चौकी, पर्यटकीय क्षेत्र र वडा कार्यालयको जानकारी लिन सक्नुहुनेछ ।

आपतकालिन नम्बर

यस भित्र गाउँपालिकामा रहेका पुलिस चौकी तथा एम्बुलेन्सको सम्पर्क विवरण हेर्न सक्नु हुनेछ ।

सम्पर्क विवरण

यस भित्र गाउँपालिकाको सम्पर्क विवरण इमेल फोन नं. राखिएको छ।

प्राय सोधिने प्रश्नहरु

यस भित्र जनताले प्रत्यक्ष रुपमा वडा तथा गाउँपालिकामा सोध्ने प्रश्न र सोहि प्रश्नहरुको जबाफ राखिएको छ।

जनमत

यसमा गाउँपालिकाले प्रश्न र छान्नु पर्ने जवाफ राखिएको हुन्छ जसमा जनताले आफुले मन परेको जवाफलाई भोट गर्न सक्नु हुनेछ।

ऐन कानुन

यस भित्र गाउँपालिकाले प्रकाशन गरेका कानुनहरु राखिएको छ  ।

आर्थिक वर्ष:

जनमत

तपाईलाई हाम्रो सेवा कस्तो लाग्यो ?