FAQs Complain Problems

संक्षिप्त परिचय

१२८.६७ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएका शैलुङ गाउँपालिका दोलखा जिल्लाको एक ऐतिहासिक, धार्मिक, साँस्कृतिक र पर्यटकिय महत्व बोकेको गाउँपालिका हो । बौद्ध, हिन्दु, क्रिश्चियन र बोन धर्मवालम्बीहरुको आस्थाका केन्द्रको रुपमा परिचित शैलुङ पर्वतको नामबाट गाउँपालिकाको नामाकरण भएको हो । शैलुङ सम्बन्धि स्थानीयहरु माझ विभिन्न किवदन्तीहरु प्रचलनमा रहेका छन् । प्रथम बुद्ध साङ्गे माह्मोर्चेले ज्ञान दिएको हुनाले पहिले यस पर्वतलाई साङ्गेलुङ भनिन्थ्यो  । पछि अपभ्रश हुँदै शैलुङ रहन गयो । 

शैलुङ गाउँपालिका साविकको ताम्चेत दुधपोखरी, भुषाफेदा, काटाकुटी, शैलुङगेश्वरी, मागापौवा र फस्कु गाविसहरु मिलाएर बनाएको हो । शैलुङ गाउँपालिकाको पूर्वमा भिमेश्वर नगरपालिका, बैतेश्वर र तामाकोशी, गाउँपालिका पर्दछ भने पश्चिममा सिन्धुपाल्चोक र रामेछाप जिल्ला पर्दछ । उत्तरमा भिमेश्वर नगरपालिका र सिन्धुपाल्चोक जिल्ला छन भने दक्षिणमा मेलुङ गाउँपालिका र रामेछाप जिल्ला पर्दछ । शैलुङ गाउँपालिका आठ वटा वडामा विभाजन गरिएको छ । साविकको ताम्चेत दुधपोखरी (१–९) लाई वडा नं. १, साविकको भुषाफेदा गा.वि.स. (१–९) लाई वडा नं. २ , साविकको काटाकुटी गा.वि.स. (१,२,८ , ९ र मागापौवा १) लाई वडा नं. ३, साविकको मागापौवा गा.वि.स. (२–९) लाई वडा नं. ४, साविकको काटाकुटी गा.वि.स. (३–७) लाई वडा नं. ५ , साविकको फस्कु गा.वि.स.(६–९) लाई वडा नं. ६, साविकको फस्कु (१,२,३,४,५) लाई वडा नं. ७, र साविकको शैलुङ्गेश्वरी गा.वि.स (१–९) लाई वडा नं. ८ मा विभाजन गरिएको छ ।

जनमत

तपाईलाई हाम्रो सेवा कस्तो लाग्यो ?