समाचार
संस्था दर्ता सिफारिस
सेवा प्रकार:
लाग्ने समय: 
सोहि दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र 
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष, वडा सदस्य,वडा सचिव/सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय 
सेवा शुल्क: 
२००/-
आवश्यक कागजातहरु: 
१) विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाण-पत्रको प्रतिलिपि
२) संस्था भाडामा बस्ने भए सम्झौता पत्र र बहाल कर तिरेको रसिद , नतिरेको भए तिर्नु बुझाउनु पर्ने
३) संस्था आफ्नै घरमा बस्ने भए सो को जग्गा धनि प्रमाण पुर्जा र नक्सा पास प्रमाण-पत्रको प्रतिलिपि
४) चालु आ.व सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
प्रक्रिया: 
१) निवेदन सहित आवश्यक तोकिएका कागजात पेश गर्ने
२) वडा अध्यक्ष/ वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३) निवेदन दर्ता गर्ने
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
५) निवेदकले तोकिएको शुल्क बुझाउने
६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध  गराउने
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                        