FAQs Complain Problems

एकीकृत सम्पति कर/घर जग्गा कर

लाग्ने समय: 
सोहि दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष, वडा सदस्य,वडा सचिव/सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
१ %
आवश्यक कागजातहरु: 

१) निवेदन
२) जग्गा धनि पुर्जाको प्रतिलिपि
३) भवन नक्सा स्वीकृत प्रमाण-पत्र र नक्साको प्रतिलिपि
४) भवन/ जग्गा खरिद गरेको भए मालपोतबाट रजिस्ट्रेसन पारित लिखतको प्रतिलिपि
५) (शैलुङ गाउँपालिका) घोषणा हुनु पुर्व निर्माण भएका भवनका हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन
६) मालपोत तिरेको रसिद
७) आ.व.०५७/०५८ पुर्व आन्तरिक राजस्व कार्यालयमा कर तिरेको भए सो को प्रमाणित प्रतिलिपि
८) नागरिकता र नापी नक्साको प्रमाणित प्रतिलिपि

प्रक्रिया: 

१) वडा अध्यक्ष/ वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
२) तोकिएको कर्माचारीले कर निर्धारण तयार गरी वडा अध्यक्ष/वडा सदस्य/ वडा सचिव समक्ष पेश गर्ने
३)तोकिएको कर बुझाउने
४) चलानी गरी निवेदकलाई कर निर्धारण पत्र उपलब्ध गराउने

जनमत

तपाईलाई हाम्रो सेवा कस्तो लाग्यो ?