FAQs Complain Problems

घर जग्गा नामसारी सिफारिस

लाग्ने समय: 
सोहि दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष, वडा सदस्य,वडा सचिव/सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
२००
आवश्यक कागजातहरु: 

१) घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन ।
२) निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।
३) मृतक र निवेदक विचको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि
४) जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
५) सर्जमिन मुचुल्का गरी बुझ्नु पर्ने भए सर्जमिनमा सक्षी बस्नेको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
६) चालु आर्थिक वर्ष सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद

प्रक्रिया: 

१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
२) वडा अध्यक्ष/ वडा सदस्य/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३) निवेदन दर्ता गर्ने
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
५) निवेदकले तोकिएको शुल्क बुझाउने
६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
७) कानुनि जटिलता भएको देखिएमा कानुनि राय लिइनेछ

जनमत

तपाईलाई हाम्रो सेवा कस्तो लाग्यो ?